नेपालको समग्र विकासका साथ दिन भारत प्रतिबद्ध : राजदूत पुरी

साउन ३०, मकालु खबर । भारतीय राजदुत मञ्जिव सिंह पुरीले नेपालको समग्र विकासका साथ दिन भारत प्रतिवद्ध रहेको बताएका छन् । राजदुत पुरीले नेपालको समृद्धि भारतको एक मात्रै चाहना भएको उल्लेख गरेका हुन् ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले भारत सरकारले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि आवश्यक सबै पहल गर्दै आएको बताए । त्यस अवसरमा भारतीय राजदुत पुरीले प्रधानमन्त्री नरेन्द्र मोदीले ‘छिमेक पहिलो’ भन्ने परराष्ट्र नीति लिएको र सोही अनुसारको व्यवहार गर्दै आएको दावी गरेका हुन् । उनले भारत सरकार सबैलार्इ साथमा लिएर सबैको विकास गर्ने अभियानमा लागि परेको उल्लेख गरेका हुन् ।

राजदुत पुरीले नेपालको रेलमार्ग, राजमार्ग लगायतका पूर्वाधार विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 9 =