टिकट बुकिङ अन्यौलमा

भदाै २२, काठमाडाै । सरकारले आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि व्यवसायीहरुले अटेरी गरेका छन् । यातायात व्यवसायीले विभिन्न माग राख्दै टिकट बुकिङ नखोल्न दबाब दिएपछि आजदेखि खुल्ने भनिएको टिकट वितरण खुल्न नसकेको हो ।

यातायात व्यवस्था विभागले टिकट बुकिङ खुल्ला गरिएको बताइरहेको छ । तर, भाडा समायोजन गर्नुपर्ने र गाडीमा छत राख्न पाउनुपर्ने माग गर्दै व्यवसायीले टिकट बुकिङ गर्न अटेरी गरिरहेका छन् । यसअघि विभाग र व्यवसायीबिच आजदेखि दसैँका लागि सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति भएको थियो ।

आजदेखि टिकट वितरण हुने जानकारी पाएपछि बिहान ४ बजेदेखि नै सर्वसाधारण बसपार्क पुगेर लाम लागेका थिए । तर, व्यवसायीहरुले आफ्ना विभिन्न मागहरु तेर्साउँदै टिकट वितरण रोकेपछि सर्वसाधारण निराश भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 9 =