अमरसिंहचोकको आइल्याण्ड पनि भत्काइयो

असाेज ३१, पोखरा । पोखराका मुख्य बजार चोकहरुमा रहेका ठुला र भद्धा आइल्याणहरु हटाउने अभियान अन्तरगत पोखरा लेखनाथ महानगरपालिकाले सोमवार राती अमरसिंह चोकको आइल्याण्ड भत्काइएकाे छ ।

महानगरका मुख्यचोकहरुमा रहेका ठुला भद्धा आइल्याण्डका कारण ट्राफिक व्यवस्थापनमा जटिलता थपिदै गएपछि महानगरपालिकाले एक पछि अर्को गर्दै आइल्याण्ड भत्काउन थालेको हो । महानगरपालिकाले सडक खुल्ला र फराकीलाे पार्नकालागि महानगर क्षेत्र भित्रका आइल्याण्ड र सडक छेउछाउका भौतिक संरचनाहरुलाई भत्काउन थालेको छ । महानगरपालिकाले गत शनिवार लेकसाइडको जरेवर स्थित सडक छेउमा रहेका चौतारी र प्रतिक्षालय समेत डोजर लगाएर भत्काएको थियो ।

त्यसै गरी महानगरपालिकाले यसअघि पोखराको मूख्यचोक पृथ्वीचोक र जिरोकीमीको आइल्याण्ड समेत भत्काएको थियो । सोमवार साँझ अमरसिंहचोकको आइल्याण्ड भत्काइएको हो । पृथ्वीचोकको आइल्याण्ड भत्काएपछि विभिन्न सङ्घ संस्थाले विरोध गरेपछि पुन उक्त स्थानमा लखन थापाको सालिक राख्ने सहमति महानगरपालिकाले गरेको थियो । तर,महानगरपालिका, जिल्ला प्रशासन र मगर सङ्घको सहमति विरुद्ध उच्च अदालन कास्कीमा मुद्दा दायर भएको थियो । उच्च अदालतले त्रिपक्षिय समझदारी विरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ ।

पोखराका अन्य चोकमा रहेको आइल्याण्ड पनि भत्काउने र चोकमा राखिएका विभिन्न व्यक्तिका सालिकलाई पार्कमा लगेर व्यवस्थापन गर्ने योजनामा पोखरा लेखनाथ महानगरपालिकाको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fourteen =