ट्याक्सीभित्र शव भेटियो
२०७४ जेठ १५ गते

कात्तिक २२, काठमाडौं । भक्तपुरमा ट्याक्सीभित्र एक व्यक्तिको शव फेला परेको छ । मनोहरा खोलानजिक दिब्यश्वरी प्लानिङको खाली जग्गामा रोकिराखेका बा १ ज १०४० नम्बरको ट्याक्सीभित्र रातो ज्याकेट लगाएका व्यक्ति मृत फेला परेका हुन् ।
ट्याक्सीको पछाडिको सिटमा रहेको शवको टाउकोमा घाउ भएकाले कसैले हत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको र घटनाबारे अनुसन्धान गर्न भक्तपुर प्रहरी प्रमुख एसपी किरण बज्राचार्य नेतृत्वको टोली अहिले घटनास्थल पुगेको जानकारी दिए ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








