मेरिल्याण्ड कलेजको रोजगारी मेला सफलतापूर्वक सम्पन्न

बिराटनगर माघ २६ । बिराटनगरमा पहिलोपटक मेरिल्याण्ड कलेजको आयोजनामा आयोजित रोजगारी मेला सफलतापुर्वक सम्पन्न भएको छ ।

देश भरबाटै विभिन्न औधोगिक प्रतिष्ठानको उपस्तिथीमा रोजगारी मेला आयोजना भएको हो ।कलेजबाट पहिलो ब्याचको रूपमा ग्राजुएट भएका विद्यार्थीका निम्ति कलेजले उक्त रोजगारी मेलाको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा २० बढी कम्पनीहरूको उपस्तिथी रहेको थियो । देशकै प्रतिष्ठित चौधरी समूह , देवनारा समूह । पिएला समूह , इनोभेट नेपाल ग्रुप ,कान्तिपुर मिडिया समूह , एनआईसी एसिया बैङ्क , प्रभु म्यानेजमेन्ट , राठी समूह , नयाँ पत्रिका , ग्लोबलआइएमइ बैङ्क ,रिगो टेक्नोलोजी, ओबि मिडिया प्राली ,विराट एच आर लगायतको उपस्तिथी रहेको थियो ।

विद्यार्थीहरूले आफ्नो पढाइ सकेपछी आफ्नो क्षमता अनुसारको रोजगारीको वातावरण सिर्जना गर्न उक्त रोजगारी मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर विवेक दाहालले जानकारी दिए । प्रभु म्यानेजमेन्टका प्रोजेक्ट म्यानेजर केशवराज आचार्यले बिद्यार्थीहरुका लागि गरिएको यस्तो कार्यक्रमले उनीहरूको क्षमता जाच्न मदत पुगेको बताए ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित यस कलेजमा बेलायतको बिजनेस डिग्री सर्वसुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुँदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा इस्लिंग्टन कलेज काठमाडौँ , हेराल्ड कलेज काठमाडौँ । मेरिल्याण्ड कलेज बिराटनगर , इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =