मुद्दाको सङ्ख्या बढी भएपछि सर्वोच्चको यस्तो निर्णय

काठमाडौं, मंसिर १ । मुद्दाको सङ्ख्या बढी भएपछि सर्वोच्च अदालतमा शुक्रबारदेखि अतिरिक्त समय इजलास बस्ने भएको छ ।  कायम रहेका न्यायाधीशबाटै अदालतमा विचाराधीन मुद्दा फछ्र्यौट गर्नुपर्ने अवस्था रहेको भन्दै सर्वोच्चले अतिरिक्त इजलास कायम गर्ने निर्णय गरेको हो ।  आजको गोरखापत्रमा खबर छ ।

सर्वोच्चले केही समयअघि अतिरिक्त इजलास सञ्चालन गर्ने गरी सर्वोच्च अदालत नियमावली परिमार्जन गरेको थियो ।  सर्वोच्चमा आर्थिक वर्ष २०७३/७४ को अन्त्यसम्म अहिले २२ हजारभन्दा बढी मुद्दा विचाराधीन छन् ।  संवैधानिक व्यवस्थाअनुसार सर्वोच्चमा प्रधानन्यायाधीशका अतिरिक्त २० न्यायाधीश रहने व्यवस्था छ ।

सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले शुक्रबारदेखि अतिरिक्त समय इजलास बस्ने गरी निर्णय भएको बताउनुभयो ।  पन्थीले भन्नुभयो– ‘शुक्रबारबाटै अतिरिक्त समय इजलास लाग्ने छन् ।  बिहान साढे ९ बजे नै न्यायाधीश आउनुपर्नेछ ।  अघिल्लो दिनको आदेश तयार पार्नुपर्ने अवस्थामा आदेश तयार पारी साढे दस बजेबाट न्यायाधीश इजलासमा बस्नु पर्नेछ । ’

सर्वोच्चमा कर्मचारीको हकमा अहिले पनि ९ बजे नै उपस्थित हुनुपर्ने व्यवस्था छ ।  अब न्यायाधीश पनि साढे ९ बजे नै उपस्थित हुनु पर्नेछ ।  दैनिक पेसी सूची तय गर्ने र बेन्च विभाजनको कार्य सोअघि नै हुन्छ ।  दैनिक खाजा समय तत्कालका लागि १ देखि २ बजेसम्म तोकिएको छ ।  नियमित कार्यालय समयपछि प्रधानन्यायाधीशले तोके बमोजिम इजलास बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =