टिका पुन र चन्दन ओलीको आवाजमा चौतारी विसाउनी सार्वनिक (भिडियोसहित)

काठमाडौं, भदौ १८ । सुमधुर आवाजकी धनि गायिका टिका पुन र चन्दन वलिको आवाजमा चौतारी बिसौनी बजारमा आएको छ । म्युजिक भिडियोको क्षेत्रमा पहिलो पटक एक्सन प्रदान म्युजिक भिडियो चौतारी विसाउनीको म्युजिक भिडियो युटुवमा सार्वनिक भएको छोटाे समयमानै एकदम रुचाईएको छ । अहिलेकी चर्चित कलाकार निरुता शाही ठकुरी र सिर्जन बरालको अभिनय रहेको छ भने म्युजिक भिडियोको निर्देशन सिर्जन बरालले गरेका छन्।

बरालले एक्सन प्रदान म्युजिक भिडियो चौतारी विसाउनी निर्देशन गरेर आफुलाई एक्सन एस्टार निर्देशकको रुपमा चिनाएका छन् । यस भन्दा अघि नै चर्चित म्युजिक भिडियो निर्देशकको रुपमा चर्चा पाइसकेका बराल अब भने एक्सन स्टार निर्देशकको रुपमा चर्चामा आउदै छन् । सिर्जन बुढाथोकीको शब्द, चन्दन ओलीको लय रहेको गितको छायाँकन रेशम दर्लामीले गरेका हुन् । उक्त म्युजिक भिडियोलाई सारधा म्युजिक प्रालीले बजारमा ल्याएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − six =