राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ प्रशोचन गर्दै

काठमाडौं, असोज २१ । बैंक तथा बित्तीय प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ तरलता प्रशोचन (उठाउने) गर्ने भएको छ ।

राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीमा बढी भएको रकम बोलकबोलबाट उठाउन लागेको हो ।

३० दिने निक्षेप संकलन उपकरणमार्फत उठाइएको उक्त रकमको ब्याजदर भने बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । निक्षेपको साँवा ब्याज भुक्तानी कात्तिक २१ गते हुनेछ ।

बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता खिच्न लागेको हो । बजारमा अहिले कसिरब एक खर्ब रुपैयाँ अधिक तरलता छ ।

बैंक तथा बित्तीय संस्थामा अधिक तरलता देखिए पनि अधिक ब्याजदरका कारण निजी क्षेत्रले कर्जा लिन मानिरहेको छैन । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =