काँग्रेसका कार्यकर्ताको कुटाइबाट एमालेका उम्मेदवार गम्भीर घाइते

नेपाली काँग्रेसका कार्यकर्ताको कुटाइबाट नेकपा (एमाले) दिप्रुङ गाउँपालिका–३ छोरम्बुका वडाध्यक्षका उम्मेदवार इन्द्र तामाङ गम्भीर घाइते भएका छन् । काँग्रेसको झन्डा च्यातिएको विषयमा उत्पन्न विवादमा झडपमा परिणत हुँदा तामाङ घाइते भएका हुन् ।

 चुनाव प्रचारप्रसार र घरदैलो कार्यक्रममा रहेका तामाङ माथि छोरम्बुको रुबलुङमा लाठीमुङ्ग्रो सहित आएका काँग्रेस कार्यकर्ताहरूबाट आक्रमण भएको एमालेले जनाएको छ । घाइते तामाङलाई उपचारका लागि शुक्रबार राति न्यूरो अस्पताल विराटनगर तर्फ पठाइएको एमाले खोटाङका उपाध्यक्ष राम दङ्गालले बताउनुभयो ।

तामाङको टाउकामा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो । एमालेका कार्यकर्ताले बिहीबार आफ्नो झन्डा च्यातेर सोही पोलमा आफ्नो झन्डा राखेको काँग्रेस पक्षको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =