निर्मला हत्या प्रकरणःसरकारलाइ प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै गरे प्रदशर्न

“
असोज १३ ,काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तकोघटना भएकोे दुई महिना भइसक्दा पनि दोषी पत्ता नलाग्नु र छानविन समितिको प्रतिवेदन पनि सार्वजनिक नगर्नुले सरकार अपराधीको संरक्षणमा लागेको प्रमाणित भएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै राजधानीको माइतीघर मण्डलामा नागरिक दबाब कार्यक्रम गरिएको छ ।
निर्मला पन्तको न्यायका लागि स्वतः स्फूर्त रुपमा शनिबार मण्डलामा भेला भएका नागरिक अभियन्ताहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरि गृहमन्त्री र सरकार विरुद्ध नाराबाजी गरे ।
छानविन प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कारवाही गर्नुको साथै मुलुकभरका महिला हिंसाका घटना न्युनीकरणको माग सहितको प्लेकार्ड लिएर भेला भएका युवा अभियन्ताहरुले देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिए ।
गृहमन्त्रालयद्धारा गठित उच्चस्तरीय छानविन समितिले सो घटनाको अध्ययन प्रतिवेदन बुझाईसकेको भएपनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन ।
“








