पाकिस्तानले जितेपछि नाराबाजी गरेको भन्दै १५ जना पक्राउ
२०७४ जेठ १५ गते

असार ७ – च्याम्पियन्स ट्रफि क्रिकेटको उपाधि पाकिस्तानले जितेपछि उसको पक्षमा नाराबाजी गरेका १५ जनालार्इ भारतिय प्रहरीले पक्राउ गरेको छ ।

भारतको मध्यप्रदेशमा पाकिस्तानको पक्ष तथा भारतको विपक्षमा नाराबाजी गरेको भन्दै मुस्लिम समुदायका १५ जनालाई पक्राउ गरिएको बिबिसीले जनाएको छ । उनीहरु माथि देशद्रोहको मुद्दा चलाइएको छ ।
पाकिस्तानको पक्षमा नारावाजी गरेकोमा पक्राउ परेको यो पहिलो घटना भने होइन । यसअघि पनि सन् २०१४ मा ६६ जना मुस्लिम विद्यार्थी पक्राउ परेका थिए ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








