चुनाव हार्ने भएपछि कांग्रेसको नयाँ डिजाइन

२ असार, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले चुनाव हार्ने भएप%्रबार केन्द्रीय कार्यालय थापागाउँमा गरेको अन्तर सम्9Aुनाव सार्न सत्ताको दुरुपयोग गरेको आरोप लगाउनु भएको छ । प्रेस चौतारी नेपालले शुक्रबार केन्द्रीय कार्यालय थापागाउँमा गरेको अन्तर सम्वाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भन्नुभयो, ‘बिचरा राजपालाई देखाइएको मात्र हो, कांग्रेसले चुनाव हार्ने भएपछि डिजाइन गरेर सारेको हो । यसका डिजाइनर पूर्वगृहमन्त्री बिमलेन्द्रजी हुन् ।’

महासचिव पोखरेलले २ नम्बर प्रदेशमा चुनाव सारिएको विषयलाई जनताका बीचमा लैजाने र दोस्रो चरणको चुनावमा यसलाई सत्तापक्षको भण्डाफोरको एजेण्डा बनाइने बताउनु भयो ।

असोजमा चुनाव सार्नु भनेको चुनाव नगराउने षडयन्त्र भएकाले मधेसका जनतालाई सत्तापक्ष विरुद्ध उतार्ने पोखरेलको भनार्इ रहेको थियो । उनले संसदको म्याद थप्ने षडयन्त्रबारे एमाले सजग रहेको भन्दै कुनै पनि हालतमा त्यो प्रयास सफल हुन नदिने बताउनु भयो ।

अर्को एक प्रसंगमा महासचिव पोखरेलले विराटनगर महानगरपालिकामा उपेन्द्र यादवको संघीय फोरमसँग तालमेल हुन सक्ने संकेत गर्नुभयो । तालमेलको ढोका खुला राख्नकै लागि उपमेयर उम्मेदवार नउठाइएको बताउदै महासचिव पोखरेलले कुन पार्टीसँग तालमेल गर्ने भन्ने टुंगो नलागेको बताए ।

उनले भने-हामी मूलतः देशभरि आफ्नै सामर्थ्यमा चुनाव लड्छौं । सत्ताधारीहरुले देशभर गठबन्धन गरिरहेका बेला बिराटनगरमा तालमेलको सम्भावना हुन सक्छ, तर टुंगो लागेको छैन ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा चुनावभरि चौतारीले अन्तरसंवाद कार्यक्रम जारी राख्ने जानकारी महासचिव राजेश राईले दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − twelve =