ड्रिम टेकको वर्कसप

भरतपुर, माघ १४ । ड्रिम टेक नेपाल प्रालिले तीन दिनको ‘वर्कसप अन डिजाइनिङ इन्टरप्राइज नेटवर्क’ सम्पन्न गरेको छ । तीन दिनसम्म चलेको वर्कसपको प्रमुख अतिथि कृषि विकास बैंकका उपसचिव ई. कुमार पुडासैनी रहेका थिए ।

लुम्बिनी आईसी टिकलेजका प्राचार्य प्रताप कोइराला, फोब्र्स कलेजका कार्यक्रम संयोजक दिवस मैनाली, आईसीएमटी कलेजका कार्यक्रम संयोजक विनोद शाह, ड्रिम टेक नेपालका एकेडेमिक निर्देशक सुरेशराज शर्माले समापन कार्यक्रममा मन्तव्य दिएका थिए । ड्रिम टेक नेपालका एकेडेमिक निर्देशक सुरेशराज शर्माले वर्कसप फलदायी भएको बताए ।

ड्रिम टेकका संस्थापक अध्यक्ष रवि तिवारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन ड्रिम टेकका व्यवस्थापक निर्देशक सुलभ अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =