गृह मन्त्रालयद्वारा चार जिल्लाका सिडिओ सरुवा

काठमाडौं, मंसिर ६ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पाँच दिनअघि गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । चुनावी सुरक्षा कायम राख्न नसकेको भन्दै गृहले भोजपुर, रसुवा, सोलखुम्बु र नुवाकोटका सीडीओ परिवर्तन गरेको हो ।

भदौ १४ गते भोजपुरको सीडीओ भएर जानुभएका चेतराज बराल साढे तीन महिना पनि नपुग्दै सरुवामा पर्नुभएको छ । त्यस्तै गत साउन ३२ गते रसुवाको सीडीओ भएर जानुभएकी हीरादेवी पौडेल पनि सरुवामा पर्नुभएको छ ।

सोलखुम्बुमा भूपेन्द्र खत्रीको ठाउँमा सूर्य खनाल, भोजपुरमा चेतराज बरालको ठाउँमा फणीन्द्र दाहाल, रसुवामा हरिदेवी पौडेलको ठाउँमा चोमेन्द्र न्यौपाने र नुवाकोटामा जगदीशराज बरालको स्थानमा वीरेन्द्रकुमार यादवलाई खटाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − four =