नि:शुल्क भिसा र टिकटको मुल्य एक लाख भन्दा बढी

काठमाडौं, भदौ २० । सरोकार वाला निकायलाई निशुल्क भिसा र टिकट अनुसार ने कामदार वैदेशिक रोजगारीमा पठाइरहेको प्रतिवेदन दिने गरेका मेनपावरले असुली भने प्रतिव्यक्ति एक लाख रुपैयाँ भन्दा बढी गरिरहेको पाइएको छ ।

कामदारले मेनपावरद्धारा तोकिएको शुल्कभन्दा बढी रकम असुल गरिरहेको गुनासो गर्ने क्रम बढेपछि वैदेशिक रोजगार विभागले थालेको अनुगमनको क्रममा प्रतिव्यक्ति एक लाखभन्दा बढी असुल गरिरहेको तथ्य भेटिएको हो ।

विभागले अनुगमनको क्रममा तीन मेनपावरले प्रतिव्यक्रि एक लाख रुपैयाँभन्दा बढी असुल गरिरहेको रंगेहात फेला पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =