डाइरेक्टर नहुँदा डा. साब’को रुवाबासी


काठमाडौँ । विभिन्न शक्ति केन्द्रमा करोडौं बुझाएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकूलपति हुन सफल प्रा.डा. राजकुमार रौनियार यति बेला कोकोहोलो गर्दै हिँडेका छन् ।
प्रतिष्ठानको अस्पताल निर्देशकमा आफ्नो मान्छे नियुक्त गर्न नसक्दा डा. रौनियारलाई आपत् परेको छ । उपकूलपति हुनका लागि विभिन्न शक्ति केन्द्रहरुमा १४ करोड बढी नजराना बुझाएका उनले त्यो पैसा मध्ये केही रकम राजधानीका ‘मिटरवाला’ व्यापारीसँग ऋण काढेका थिए । उपकूलपति भएपछि प्रतिष्ठानका मेडिकल उपकरण, औषधी सप्लायर्स र भवन निर्माणका ठेकेदारबाट कमिसन लिएर भए पनि ‘मिटर ब्याज’ तिर्छु भन्दै उनले ‘उपकूलपति’ मा जुवा नै खेले । तर, उनी त्यत्तिबेला हिस्स भए जतिबेला अस्पताल निर्देशकमा आफूले चाहेको व्यक्तिलाई गगन थापाले नियुक्ति गर्न मानेनन् । आफ्नो मातहतका डा. गौरीशंकर शाह, विएन यादव र एसएन सिंहलाई मन्त्री थापाले नरुचाएपछि डा. रौनियारको सातो गएको छ ।

‘रौनियारलाई डा. शाहले ‘कि डाइरेक्टर बनाउनु प¥यो की पैसा फिर्ता गर्नु प¥यो !’ भनेर ¥याख्¥याख्ती पार्न थालेका छन् । डा. रौनियारले भने शाहबाट लिएको २ करोड काठमाडौँका एक ‘मिटर ब्याजवाला’लाई बुझाई सकेको बुझिएको छ’

मन्त्रालय स्रोतका अनुसार मन्त्री थापाले प्रतिष्ठानका गाइनो विभागका प्रमुख डा. मोहनचन्द्र रेग्मीलाई ल्याउन चाहेपनि डा. रौनियारले रेग्मीको नामै सिफारिस नगरेपछि ‘रडाँको’ मच्चिएको हो । डा. रेग्मीको नियुक्तिमा एमाले, काँग्रेस र माओवादीकै साथ रहेपनि रौनियारले रेग्मीलाई चलाउन नसक्ने भएकोले ल्याउन नचाहेका हुन् । एमाओवादीबाट अस्पताल निर्देशक हुन चाहेका डा. गुरु खनालसँग डा. रौनियारको दोस्ती राम्रो छैन । यसअघि प्रतिष्ठानका उपकुलपति भएका डा. वीपी दाससँग पनि उनले राम्रो व्यवहार देखाएका थिएनन् । प्रतिष्ठानमा सबैसँग निहु खोज्ने स्वभावका रौनियारका कारण धेरै रुष्ट हुँदै गएका छन् ।
प्रतिष्ठानको अस्पताल निर्देशकमा आफ्नै मान्छे राख्न पाए औलामा नचाउन पाउने र विभिन्न औषधी उपकरण खरिद, भवन निर्माण ठेक्काका चलखेल गर्न पाउने र एकै वर्षमा विभिन्न शक्ति केन्द्रमा बुझाएको पैसा असुल गर्न सकिने उनको सोच थियो । तर, अहिलेसम्म अस्पताल निर्देशक नियुक्त गर्न नसक्दा रौनियारलाई उपकूलपति पद ‘खाउँ भने दिनभरिको सिकार नखाउँ भने…’ भने जस्तो भएको छ । अस्पताल निर्देशक बनाई दिन्छु भनेर डा. गौरीशंकर शाहसँग २ करोड एड्भान्स लिएका रौनियारलाई डा. शाहले ‘कि डाइरेक्टर बनाउनु प¥यो की पैसा फिर्ता गर्नु प¥यो !’ भनेर ¥याख्¥याख्ती पार्न थालेका छन् । डा. रौनियारले भने शाहबाट लिएको २ करोड काठमाडौँका एक ‘मिटर ब्याजवाला’लाई बुझाई सकेको बुझिएको छ ।
आफ्नालाई नियुक्ति
डा. रौनियारले रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र शिक्षाध्यक्षले आफूले भनेको नमानेकोले काम गर्न गाह्रो भएको भन्दै धमाधम आफ्ना नातेदारलाई प्रतिष्ठानका महत्त्वपूर्ण स्थानमा उपकूलपतिले नियुक्त गर्न थालेका छन् । उनले प्रतिष्ठानको मेट्रोनमा गयानन्द मण्डललाई नियुक्ति गरेका छन् । प्रतिष्ठानको डेपुटि अस्पताल निर्देशकमा काँग्रेस डा. मिनेन्द्र रिजालका भाइ पर्ने तथा स्वास्थ्यमन्त्री गगन थापाका भाइ हेमु थापासँगको सेटिङमा डा. पप्पु रिजाललाई डेपुटी अस्पताल निर्देशक बनाएका छन् । भने, सहायक डीनमा एमाओवादी केन्द्रका नेता टोप बहादुर बस्नेतका भाइ डा. मधुर बस्नेतलाई ल्याएका छन् ।
पिजी इन्ट्रान्समा डा. रौनियारको हस्तक्षेप
प्रतिष्ठानले हिजो (आइतबार) पोस्ट ग्राजुएटका लागि इन्ट्रान्स परीक्षा लियो । उनले त्यसमा समेत चलखेल गर्न खोजेका थिए । प्रतिष्ठानमा परीक्षा समितिले प्रश्न बैङ्कबाट ७० प्रतिशत र बाँकी ३० प्रतिशत प्रश्न परीक्षा समितिको गोप्य कोठामा जाने ब्यक्तिहरुबाट बनाउनु पर्ने प्रावधान छ । तर, डा. रौनियारले शिक्षाध्यक्ष प्रा.डा. विक्रम प्रसाद श्रेष्ठलाई हस्तक्षेप गर्दै प्रश्न बैङ्कबाट प्रश्नहरू नझिकी विज्ञहरुबाटै सबै प्रश्न बनाउन प्रस्ताव गरे । यसका लागि उनले सहायक डीन डा. मधुर बस्नेतलाई प्रयोग गरेका थिए । तर, शिक्षाध्यक्ष डा. श्रेष्ठले कुनै पनि हालतमा त्यस्तो नगर्ने बरु राजीनामा नै दिएर हिँड्ने अड्डी कसेपछि डा. रौनियार पछि हटेको प्रतिष्ठान स्रोतको दाबी छ ।
स्मरण रहोस् प्रश्न बैङ्कबाट प्रश्न लिनकालागि परीक्षा समितिले तीन देखि चार जना विज्ञहरुको टिमलाई गोप्य तवरबाट परीक्षा बैङ्कमा सञ्चार विच्छेद नै गरेर राख्दछ ।
प्रश्न बेच्ने रौनियारको षड्यन्त्र
यदि डा. रौनियारले भने जसरी प्रश्न बैङ्कबाट प्रश्नहरू नझिकी विज्ञहरुले मात्रै बनाएको भए उनले त्यो प्रश्नहरू भारतीय विद्यार्थीलाई बेच्ने तयारी गरेका थिए । यसका लागि डा. रौनियारले इनरुवाका सन्तोष मेहतामार्फत काम गराउन लागेका थिए । शिक्षाध्यक्षको अडानले डा. रौनियार फेल खाए ।
स्वास्थ्यमन्त्रीका विवादित विषय
स्वास्थ्यमन्त्री यति बेला धमाधम निर्वाचन आचार संहिता उलंघन गर्दै ब्याक डेटमा हस्ताक्षर गर्दै विभिन्न स्वास्थ्य प्रतिष्ठानमा आफ्ना अनुकूलका मान्छे भटाभट नियुक्ति गर्न थालेका छन् । उनले केही व्यापारीको स्वार्थमा लागेर यस्ता नियुक्ति दिन थालेका हुन् ।
वीपी प्रतिष्ठान धरान, कर्णाली प्रतिष्ठान र पाटन प्रतिष्ठानमा आफू निकटलाई नियुक्ति दिने तयारी गरिरहेका छन् ।
कर्णाली धरानको पूर्वाधार निर्माणको कन्सल्टेण्ट नियुक्तिमा उनले केही निश्चित व्यापारीलाई फाइदा हुने गरी सार्वजनिक खरिद नियमावलीलाई नै मिचेर काम गरेका छन् ।
केही समयअघि कर्णालीमा माओवादीको कोटाबाट डा. चिरन्जीवी वाग्लेका भाइ डा. राजेन्द्र वाग्लेलाई उपकुलपति बनाइयो । अहिले तीनै वाग्लेले रजिष्ट्रार नियुक्तिमा चलखेल गर्दा प्रतिष्ठान एक वर्षदेखि रजिष्ट्रार विहिन भएको छ । यता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि रजिष्ट्रार नियुक्तिको लफडा छ ।
वीर अस्पतालमा खरिद गर्न लागिएको रेडियोथेरापी मिसिनमा पनि ठुलै चलखेल भएको छ । मेसिन खरिद गर्न अस्पतालले टेण्डर खोलेर टेण्डर स्वीकृत भएको अवस्थामा केही व्यापारीले टेण्डर नै रद्द गराउने र मेसिन नै नकिन्ने परिपञ्च गर्न थालेका छन् । यसको फाइल मन्त्रालयको स्वास्थ्यमन्त्रीको टेबुलमा धुलो लागेर थन्किएको छ ।
हिजो स्वास्थ्य मन्त्रीले स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफ्नो कार्यकालमा भएका राम्रा कामको फेहरिस्त त सुनाए । तर, पदाधिकारी नियुक्ति ढिलाइका विषयमा केही बोलेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =