अष्ट्रेलिया विदेशमन्त्री विशप नेपाली विद्यार्थीप्रति सकारात्मक

मेलबर्न,कात्तिक २४ । अष्ट्रेलियाकी विदेशमन्त्री जुली विशप नेपाली विद्यार्थीले भिसा आवेदन दिँदा आइपर्ने अप्ठेरोहरूलाई सहज बनाइदिने कुरामा सकारात्मक देखिएकी छिन् । भेटमा नेपाली राजदूत लक्की शेर्पाले मन्त्रि विशप समक्ष सो प्रस्ताव राखेकी हुन् ।
भेटको क्रममा, नेपालमा अहिलेसम्म अष्ट्रेलियाबाट मन्त्रीस्तरीय भ्रमण नभएको जानकारी पाएपछि अष्ट्रेलियाकी विदेशमन्त्री मन्त्री जुली विशप आश्चर्यमा परिन् ।नेपाललाई भूकम्पको बेला सहयोग गर्नका लागि पहल गर्नेमध्येकी एक मन्त्रि विशपले आफू नेपाल जान ईच्छुक रहेको र अन्य उच्चस्तरीय भ्रमणका लागि पनि पहल गर्ने बताइन् । उक्त भेटमा न्यूसाउथवेल्स्का मेम्बर अफ पार्लियामेन्ट डेभिड कोलम्यान पनि सहभागी थिए ।
युवा उद्यमशीलताको विकासमा अष्ट्रेलियाले नेपालमा केही गर्नुपर्छ भन्ने कुरा समेत आफूले राखेको राजदूत शेर्पाले बताएकी छिन् । पछिल्लो समय राजदूत शेर्पाले नेपाली विद्यार्थीको समस्यालाई अष्ट्रेलियाको सरकार समक्ष आधिकारिक रुपमा राख्ने प्रयत्न गर्दै आएकी छिन् ।








