सेक्स भिडियो अनलाइनमा पोष्ट भएपछि जिन्दगीभर असर परेको छ : चेम्बर्स

काठमाडौं, माघ ६ ।  युट्युवमा आफ्नो गीतले पहिचान बनाएकी क्रिसी चेम्बर्सले उनका पूर्व प्रेमीले गोप्य यौनसम्बन्धलाई अनलाइनमा राखिदिएका कारण आफ्नो जिन्दगीमा नकारात्मक असर परेको बताएकी छिन् ।  उनले भनिन्, यो घटनाले मेरो जिन्दगीको हरेक क्षेत्रमा असर पुगेको छ र मलाई लाग्छ आगामी दिनमा पनि यसको असर देखिनछ ।’

पूर्व प्रेमी विरुद्ध चार वर्षसम्म कानूनस् लडाइ लडेकी चेम्बर्स यूट्युब म्यूजिशियन देखि रिवेज पोर्न क्याम्पेनरको रुपमा चर्चित भएकी छिन् ।  क्रिसी चेम्बर्सले बताइन्,‘मलाई शुरुवातमा एक साथी तथा एक प्रशंसकको माध्यमबाट थाहा भयो, उनले मलाई भने की भिडियो तिव्र रुपमा भाइल भइरहेको छ ।’

कोही हाम्रो युट्युव च्यानलमा हरेक रुपमा यो लिंक शेयर गर्दै थियो र सोध्थ्यो कि के तपाइलाग् लाग्छ क्रिसी चेम्बर्स रोल मोडल हुन् ? उनी एक वेश्या हुन् नपत्याए यो भिडियो हेर्नुहोस् ।’ उनले अगाडि भनिन्, मैले लिंकमा क्लिक गरे तब मैले थाहा पाए वास्तविकता के हो । म चिन्तामा परे । मलाई लाग्यो कोही मलाई बेसबल व्याटले कुटिरहेको छ । यस्तो लागि रहेको थियो कि मेरो संसार ध्वस्त भएको छ ।’

यस घटनापछि उनको जीवनमा के असर प¥यो ? क्रिसी चेमबर्सले भनिन्,‘म डिप्रेसनको शिकार भएर, २३ वर्षको उमेरमा रक्सी पिउन थाले, म लगभग मरेको थिए ।’ उनले भिडियो हटाउनका लागि निकै मिहेनत गरिन् तर कसैले केही उत्तर नै दिएन । जब उनले अदालतको सहारा लिइन् तब अदालतले भिडियो हटाउन आदेश दियो र भिडियो हट्यो ।

बीबीसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 9 =