प्रहरीलाई आगो लगाउने प्रयास गरेपछि

कास्की, ८ असार । कास्कीको पोखरामा बसले स्कुटरलाई ठक्कर दिएपछि आक्रोशित विद्यार्थीको समूहले प्रहरीलाई पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका छन् । कक्षा ११ को परीक्षा दिएर फर्कंदै गरेका परीक्षार्थी सवार ग १२ प ३८२७ नम्बरको स्कुटरलाई पोखराको अर्चलबोट नजिकै बाग्लुङबाट काठमाडौं जाँदै गरेको ना ५ ख ९५०५ नम्बरको बसले ठक्कर दिएको हो ।

बसको ठक्करबाट घाइते भएका स्कुटरमा सवार माउन्ट अन्नपूर्ण माविमा अध्ययनरत रुपेश थापा र शिशिर थापाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बसको ठक्करबाट आफ्नो साथी घाइते भएपछि आक्रोशित विद्यार्थीको समूहले बसमा तोडफोड सहित आगजनी गरेका थिए । बसमा आगो लागेपछि निभाउन भित्र पसेका प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदी माथि पेट्रोल छर्केर आगो लगाउने प्रयास भएपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो ।

दुर्घटना लगत्तै केहीबेर दोहोरो झडप समेत भएको थियो । तर, प्रहरीले बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =