भारतले जग्गा मिचेको भन्दै प्रदर्शन

भरतपुर, माघ ८ । वीरगन्जस्थित नेपाल–भारत सीमामा ५० बिघा जमिन भारतीय पक्षले मिचेको भन्दै सरकारविरुद्ध भरतपुरमा प्रदर्शन भएको छ ।

वैध माओवादी निकटको देशभक्त जनगणतान्त्रिक मोर्चा चितवनले आइतबार चौबिसकोठीमा पुगेर नेपालको सीमा भारतले मिच्दा समेत सरकारले वास्ता नगरेको भन्दै नाराबाजीसहित विरोध प्रर्दशन गरेको हो । उनीहरुले राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, देशभर मिचिएको नेपाली भूमि फिर्ता गर, भारतीय विस्तारवादद्वारा छपकैयामा कव्जा गरेको भूमि फिर्ता गर लगातका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

मोर्चाका जिल्ला संयोजक एवम् केन्द्रीय सदस्य अशोक शर्माले देशको जमिन नाप्ने जिम्मा लिएको नापी विभागकै कारण नेपालले एकपछि अर्को ठाउँको जमिन गुमाउँदै जानु परेको आरोप लगाए । उनले सीमा रक्षाका लागि निरन्तर आन्दोलन गर्ने बताए । सरकारले यस्तै रवैया देखाए जनताले फेरि हतियार उठाउने शर्माले चेतावनी दिए ।

नेपालको एक हजार ३०० वर्ग किलोमिटर जमिन भारतले मिचेको दाबी गर्दै त्यसको विरोधमा नेपालमा विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । वीरगन्ज महानगरपालिका–१, छपकैयामा ३९२ नम्बरको जंगे पिल्लरअन्तर्गत बन्न लागेका २९ वटा सहायक सीमा स्तम्भमध्ये १२ वटा सीमा स्तम्भ व्यक्तिगत जग्गामा परेपछि स्थानीय आन्दोलित बनेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 4 =