नयाँ मोडलका राइसकुकर बजारमा

मंसिर ४, काठमाडौं । गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ सात मोडलका राइस कुकरहरु बजारमा ल्याएको छ । राइस कुकरका मोडलहरु १ लिटरदेखि २.८ लिटरसम्म उपलब्ध रहेको छ ।

हिमस्टार राइस कुकरहरु सफा गर्न सजिलो छ भने अटोमेटिक कुकिङ्ग फंगसनका साथमा उर्जाको बचत गर्ने खालका रहेको कम्पनीको दाबी छ ।

यी राइस कुकरको डिलक्स २.२ लिटरमा स्टीम गर्ने सुविधा र टफ ग्लास राखिएको छ । हिमस्टारका सात मोडलका राइस कुकरहरु न्यूनतम मूल्य रु. १,७७० देखि रु. ३,००० सम्ममा उपलब्ध हुनेछन् ।

हिम इलेक्ट्रोनिक्स आफ्ना ग्राहकहरुका माझमा विगत कयौं वर्षहरुदेखि विश्वासनीय कम्पनीको रुपमा स्थापित छ र यसले नेपाली उपभोक्ताहरुका लागि उत्पादनदेखि बिक्रीपछिको सेवासम्म गरि निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =