५० करोड ठगी गरेको आरोपलागेका थापा दम्पती काठमाण्डौमा पक्राउ

एन एच पौडेल, पोखरा । पोखराबाट ५० करोड ठगेर परिवारसहित फरार भएकी देवी भुजेल (थापा) लाई प्रहरीले काठमाण्डौंबाट पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिकाको चाउथे स्वागतनगरमा बस्दै आएकी भुजेल ५० करोड भन्दा बढी रकम ठगेर परिवारसहित भागेकी थिइन ।

स्याङजाको फेदीखोला गाउँपालिकाको भाटखोला घर भई लामो समयदेखि पोखरामा बस्दै आएकी भुजेल (थापा)ले घरजग्गा र प्लटिङ्गको काम गर्दै आएको रवाफकै भरमा पोखराका विभिन्न व्यवसायी, आफन्त, छिमेकी र साथी संगीहरुबाट ठुलो रकम उठाएर भागेकी थिइ्न ।

ठुलो रकम उठाएर दुई छोरी, एकछोरा र श्रीमान् सहित भागेकी भुजेललाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले काठमाण्डौंको प्रहरीको सहयोगमा काठमाण्डौं महानगरपालिका वडा नम्बर २३ मञ्जुश्रीबाट पक्राउ गरेको हो ।

कास्की प्रहरीले काठमाडौँ प्रहरीसँगको सहयोगमा बिहीबार साँझ देवी र उनका श्रीमान् लक्ष्मणलाई पक्राउ गरेको हो । दुवै दम्पतीलाई प्रहरीले शुक्रवार बुद्ध एयरबाट पोखरा ल्याएको थियो ।

केही महिना अघिदेखि पोखराबाट भाग्ने योजना बनाएकी देवीले पछिल्लो चरणमा समेत धेरैजनासँग रकम लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी खड्कबहादुर खत्रीले बताए ।

‘शुक्रवार काठमाडौँबाट ल्याएका छौँ,’ उनले भने, ‘हिरासतमा राखेर थप अनुसन्धान गरी रहेका छौ, बाह्र,पन्ध्र जनाको लिखित निवेदन परेको छ, मौखिक निबेदकहरुको सङ्ख्या ठुलो छ ।’ शुक्रबारनै अदालतबाट ठगी मुद्धामा म्याद थपगरी थप अनुसन्धान अगाडि बढाएको डिएसपी खत्रीले बताए ।

प्रहरी अनुसन्धानको क्रममा भुजेल (थापा)ले जाहेरी दिएका अधिकांश ब्याक्तीबाट ऋण दिएको स्कार गरेको प्रहरीले बताएको छ । भुजेलले आफू बस्दै आएको घरधनी शोभा लम्साल सँग समेत १० लाख रुपैंया सापटी लिएर भागेकी थिइन् । उनले प्रति व्यक्ती ५ लाखदेखि २ करोड सम्म रकम विभिन्न प्रयोजनकोलागि भन्दै सापटी लिएर भागेको पीडितहरुले बताएका छन् । भुजेलले विभिन्न व्यक्तीहरूसँग जग्गाको कारोबार र श्रीमानलाई अमेरिका पठाउनकोलागि भन्दै रकम सापटी लिएको पीडितहरु बताउँछन् ।

भुजेलबाट ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा ५२ जनाले सामूहिक उजुरी दिएको प्रहरीले जनाएको छ । भुजेल भदौं १४ गतेदेखि फरार भएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + thirteen =