हिमालयन बैंकको २५ औं वार्षिक साधारण सभामा जाँदैछन् यस्ता एजेण्डा

पुस ७, काठमाडौं । मुलुककै अग्रणी बैंक हिमालयन बैंकले पुस २८ गते २५ प्रतिशत बोनस सेयर वितरण गर्न २५ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारण सभाका लागि बैंकले पुस ११ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएको छ । पुस १० गतेसम्म कायम रहेका लगानीकर्ताले बोनस प्राप्त गर्न र साधारण सभामा सहभागि हुन पाउनेछन् ।

साधारण सभाको मुख्य प्रस्तावहरुमा चुक्ता पूँजीको २५ प्रतिशतले हुने एक अर्ब ६२ करोड २९ लाख पाँच हजार ८७५ रुपैयाँको बोनस तथा १।३२ प्रतिशलले हुन आउने ८ करोड ५४ लाख १६ हजार ७८२ रुपैयाँको नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । बोनसपछि बैंकको पूँजी आठ अर्ब ११ करोड रुपैयाँ कायम हुनेछ ।

त्यस्तै बैंकको प्रबन्धपत्र नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने, लेखापरिक्षक नियुक्ति, सामाजिक उत्वरदायित्व बहन गर्दा नाघेको सीमाभन्दा बढी रकम अनुमोदन गर्ने र वित्तीय विवरण छलफल गरि पारित गर्ने लगायतका मुख्य प्रस्ताव रहेका छन् । ६ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन बैंकले चालू आर्थिक बर्षको प्रथम त्रैमासमा ४१ करोड एक लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २५ रुपैयाँ २७ पैसा कायम गरेको छ । बैंकको सेयरमूल्य विहीबार प्रतिकित्ता ८४४ रुपैयाँ रहेको छ ।

बैंकले सञ्चालक समितिको निर्वाचन सम्बन्धी कुनै एजेण्डा वार्षिक साधारणा सभामा राखेको छैन । यसअघि बैंकमा चौथो ठुलो हिस्सा रहेको म्युचुअल ट्रेडिङ्ग कम्पनी प्रालिले सिफारिस गरेको व्यक्तिलाई सञ्चालक नियुक्त गर्न बैंक सञ्चालक समितिले अस्वीकार गरेपछि म्युचुअल ट्रेडिङ्गले उच्च अदालतमा मुद्धा दायर गरेको थियो ।

उच्च अदालत पाटनले सञ्चालक समितिमा म्युचुअल ट्रेडिङ्गको प्रतिनिधित्व नगराउनु पर्ने कुनै कारण नदेखिएको भन्दै साधारण सभाको प्रकृया अघि बढाउन भनेको थियो । साधारण सभामा अदालतको निर्देशन अनुरुप म्युचुअल ट्रेडिङ्ग कम्पनीका तर्फबाट प्रसाद ज्ञवाली सञ्चालक नियुक्त गर्ने अपेक्षा गरिएपनि साधारण सभामा बैंकले सञ्चालक नियुक्तिको प्रस्ताव राखेकाे छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − one =