धादिङमा बस दुर्घटना
२०७४ जेठ १५ गते

कार्तिक २६, धादिङ । थाक्रे गाउँपालिका १ खयरघारीमा बस दुर्घटना भएको छ । स्थानीय पुरुषोतम थापाका अनुसार विराटनगरबाट काठमाण्डौँका लागि गुडेको बस खयरघारी स्थित कान्तिपुर होटेल नजिकबाट १ सय ५० मिटर तल महेश खोलामा खसेको हो ।

होटेलमा खाना खाईसकेपछि बस मोड्ने क्रममा खोलामा खसेको हो । बसमा यात्रु नचढ्दै खोलामा खसेको प्रहरीले जनाएको छ । घटनामा सात जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी अहिले काठमाण्डौँकाे ट्रमा सेन्टरमा लगिएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








