यी हुन् दश वर्षमा सबैभन्दा बढी नाफा कमाउने बलिउड चलचित्र

काठमाडौं, भदौ २ ।  सन् २०१७ को सबैभन्दा सफल चलचित्रको गणना गर्ने हो भने अक्षय कुमारको चलचित्र ‘टोइलेटः एक प्रेम कथा’ शीर्ष स्थानमा आएको छ । चलचित्रले मात्र ६ दिनमा ८९.९५ करोडको कलेक्सन गरेको छ ।

अहिले पनि चलचित्रको कमाइ जारी छ । चलचित्र ‘ब्लकबस्टर’ भइसकेको छ । बक्स अफिस कलेक्सनसँगै चलचित्रले राम्रो कमाइ गरिरहेको छ । तरपनि ‘बाहुबली–२’ भन्दा पछि नै छ । ‘बाहुबली’ दक्षिण भारतीय चलचित्र भएपनि चलचित्रको सफलतालाई वेवास्ता गर्न मिल्दैन । ‘बाहुबली–२’ ले ४६८.११ प्रतिशत नाफा कमाएको थियो ।

नाफा कमाउने विषयमा बलिउडका कयौँ चलचित्रलाई ‘टोइलेटः एक प्रेम कथा’ ले पछि पार्न सकेको छैन । विगत १० वर्षमा सबैभन्दा बढी नाफा कमाउने बलिउड चलचित्रको सूची फिल्मीबिटले तयार गरेको छ ।

चलचित्रः भेजा फ्राई
नाफा प्रतिशतः ७३९

चलचित्रः आशिकी–२
नाफा प्रतिशतः ६२९

चलचित्रः मुन्नाभाई एमबीबीएस
नाफा प्रतिशतः ५४८

चलचित्रः विवाह
नाफा प्रतिशतः ५१८

चलचित्रः विकी डोनर
नाफा प्रतिशतः ५१३

चलचित्रः तनु वेड्स मनु रिटन्र्स (सन् २०१५ को सबैभन्दा धेरै नाफा कमाउने चलचित्र)
नाफा प्रतिशतः ३९०

चलचित्रः टोइलेटः एक प्रेम कथा
नाफा प्रतिशतः २७४.७९

चलचित्रः निरजा (सन् २०१६ को सबैभन्दा बढी नाफा कमाउने चलचित्र)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =