सानिमा बैङ्क र सहारा नेपाल बिच रेमिटयान्स भुक्तानी सम्झौता

मङ्सिर ६, काठमाडाैं । सानिमा बैङ्क लिमिटेड र सहारा नेपाल बिच रेमिटयान्स सेवा सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैङ्कको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत नेपाल भरि तथा विदेशबाट पठाएको रकम सहारा नेपालको ६० शाखा कार्यालयहरु र नेपालभरि रहेका ७००० भन्दा बढी भुक्तानी सञ्जाल मार्फत सजिलै भुक्तानी लिन सकिनेछ ।

उक्त सम्झौता पत्रमा सानिमा बैङ्कको तर्फबाट बैङ्कका प्रमुख वित्तीय अधिकृत सरोज गुरागाई र सहारा नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरीले हस्ताक्षर गरेका थिए ।

सानिमा एक्सप्रेसले आन्तरिक रेमिटयान्स सेवाका साथै यु.ए.ई, कतार, यु.के, कोरिया लगायत विश्वभरबाट रेमिटयान्स सेवा उपलब्ध गराउँदै आएको छ । सानिमा बैङ्कको हाल ४७ शाखा, १ एक्सटेन्स काउन्टर र ५३ ए.टि.म. रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =