लियोनल मेस्सीले म्यानचेस्टर सिटी जाने प्रस्ताव राखेको खुलासा

स्पेन (एजेन्सी)– अर्जेन्टीना एवम् बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी अघिल्लो सिजन बार्सिलोना समक्ष म्यानचेस्टर सिटी जाने प्रस्ताव राखेको खुलासा भएको छ । मुन्डो डिपोर्टिभोले सार्वजनिक गरेको रिपोर्ट अनुसार अनुसार मेस्सीले गत सिजन बार्सिलोना छाड्ने मनसाय बनाएका थिए ।

मेस्सीले गत सिजन बार्सिलोना छाडेर आफ्ना पूर्व प्रशिक्षक पेप ग्वार्डिओलासँग सिटीमा खेल्ने इच्छा क्लब समक्ष राखेपनि उनको निर्णय बदल्न बार्सिलोना सफल भएको थियो ।

कोपा अमेरिकाको फाइनलमा पेनाल्टीमा चुकेका मेस्सी कर छलीको अभियोगमा परेपछि नयाँ अनुभवका लागि इङ्लिस प्रिमियर लिगमा खेल्ने निर्णय गरेपनि बार्सिलोनाका खेलाडीहरूले फुत्किन दिएका थिएनन् । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टामोउ र उपाध्यक्ष जोर्डी मेस्ट्रे दुवै जना मायामी पुगेर मेस्सीका पितासँग नयाँ सम्झौताको बारेमा निष्कर्षमा पुगेका थिए । त्यस्तै बार्सिलोनाले बार्सिलोना छाड्ने विचार परिवर्तन गर्न मेस्सीका निकट रहेका लुइस स्वारेजको पनि मद्दत लिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 2 =