सरकारी कागज, छाप, दस्तखत किर्ते मुद्दामा फरार प्रतिवादी पक्राउ

काठमाडौं / सरकारी कागज छाप दस्तखत किर्ते मुद्दामा काठमाडौं जिल्ला अदालतको २०६८ माघ ३ गतेको फैसलाले २ वर्ष कैद तथा ३७ लाख ५० हजार रुपैयाँ जरीवाना हुने ठहरी फैसला भएकोमा फरार प्रतिवादी काठमाडौं वागेश्वरी नगरपालिका–१ बस्ने ५५ वर्षीय भिमबहादुर राईलाई केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले न्यूरोड शंकटाबाट सोमबार पक्राउ गरेको छ ।

२०६५ सालमा मालपोत कार्यालय कलंकी, काठमाडौं मोठ फाँटमा कार्यरत तत्कालिन खरिदार प्रतिबादी निज राई समेतले आर्थिक प्रलोभनमा काठमाडौं महानगरपालिका–९ (क) स्थित कित्ता नम्बर ८१८ को क्षेत्रफल २–०–२–० जग्गाको सक्कली श्रेष्ता मेटाई नक्कली श्रेष्ता खडा गरी एकलाई फाइदा र अर्कोलाई बेफाईदा हुने गरी सरकारी कागज, छाप तथा दस्तखत किर्ते गरेका थिए ।
उनलाई फैसला कार्यान्वयनको लागि मंगलबार काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको छ ।








