देशभरी नै चिसो बढ्यो, काठमाडौंको तापक्रम २ दशमलव ३ डिग्री सेल्सियस

काठमाडौं, माघ १४ । आज देशभरी नै चिसो बढेको छ । राति आकाश खुलेकाले देशभरी न्यूनतम तापक्रम घटेर गएको दुई दिनकोभन्दा भन्दा चिसो भएको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार काठमाडौंको बिहानको तापक्रम २ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ ।

शनिबार बिहान ३ दशमलव ६ डिग्री मापन गरिएको काठमाडौंको बिहानको तापक्रम घटेको हो । तर अब चिसो बढ्ने संभावना कम भएको उहाँको भनाई छ । आज धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद् अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज पहाडी क्षेत्रको मौसम आशिंक बदली भए पनि पानी पर्ने संभावना छैन । तराईमा अहिले लागेको हुस्सु पनि दिउँसोपछि हट्ने उहाँको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =