‘राष्ट्रिय योग दिवस’ साताव्यापी मनाइने

काठमाडौं, पुस २५ । तेस्रो राष्ट्रिय योग दिवस माघ १ गतेदेखि साताव्यापी रुपमा मुलुकभर मनाइने भएको छ । शिक्षा मन्त्रालयमा गठित राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज सरोकारवालासँगको छलफलपछि उक्त निर्णय गरेको हो ।
समितिले सो दिवस भव्यरुपमा सफल तुल्याउन सक्रिय सहभागिताका लागि शिक्षण संस्थालगायत सबै संघसंस्थालाई आह्वान पनि गरेको छ ।

सरकारले विसं २०७२ मा प्रत्येक वर्ष माघ १ गतेको दिनलाई राष्ट्रिय योग दिवसरुपमा मनाउने निर्णय गरेको थियो ।

विभिन्न संघ संस्थाको सहयोगमा पहिलो दिन प्रभातफेरी र साताको अन्यतिर योगसम्बन्धी अन्तक्र्रिया गर्ने योग दिवस मूल समारोह समितिले जनाएको छ ।

तेस्रो योग दिवसका लागि नारा तय गर्न डा हरिप्रसाद पोखरेल र अन्तक्र्रिया सञ्चालनका लागि डा चिन्तामणि योगीको संयोजकत्वमा तथा प्रभातफेरिका लागि ब्रह्मकुमारी राज योग सेवा केन्द्रका प्रतिनिधिको सयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =