उच्च अदालतका मुख्य न्यायाधीशमा चारजना सिफारिश

काठमाडौँ, पुस २० । न्याय परिषद्ले उच्च अदालतका लागि चार मुख्य न्यायाधीशको सिफारिश गरेको छ ।

परिषद्को आज बसेको बैठकले उच्च अदालतका लागि चार मुख्य न्यायाधीशको सिफारिश गरेको हो । परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीशका लागि सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नहकुल सुवेदी, उच्च अदालतका न्यायाधीश उदयप्रकाश चापागाईं, हरिप्रसाद पोखरेल र यज्ञ बस्याललाई नियुक्तिका लागि सिफारिश गरेको हो ।

उच्च अदालतका मुख्य न्यायाधीश परिषद्को सिफारिशमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नियुक्ति गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =