नारायणगढ–मुग्लिन सडक दिउँसो पनि सञ्चालन

किशोर खनाल, भरतपुर । नारायणगढ मुग्लिन सडक आज सोमबारबाट दिउँसो पनि सञ्चालनमा ल्याइने भएको छ । यसअघि सडक विस्तारको लागि भन्दै दिउँसो १० देखि ४ बजेसम्म यातायात बन्द गरिएको थियो ।

समयसमयमा पहिरो खस्दा भएको गाडीको लामो जाम र निर्वाचनमा भोट हाल्न राजधानीबाट जिल्ला आउने मतदातालाई ध्यानमा राखेर दिउँसो पनि नारायणगढ मुग्लिन सडक सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । दैनिक १० हजारभन्दा बढी गाडी नारायणगढ मुग्लिन सडकमा ओहोरदोहोर गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 6 =