धरानमा फेरी अर्को लंका ध्वस्त हुने छैन


जेठ, १६ धरान । आरम्भ नाट्य डबलीको आयोजनामा सुनसरीको धरानमा सोमबार बेलुका फेरी अर्काे लंका ध्वस्त हुने छैन नामक नाटक मंञ्चन भएको छ ।
पत्रकार तथा रङ्गकर्मी गोपाल देवानको लेखन तथा निर्देशन रहेको सो नाटकको पहिलो संस्करण धरान सभागृहमा देखाईएको हो ।
नाटकको मुख्य पात्रको रूपमा दिपेन्द्र दर्नाल, पारस गुरुङ, तुलसा थापा, कमान सिंह राई, कृष्ण तिम्सीना, कुलचन्द्र न्यौपाने, नगेन्द्र राई, तीर्थराज बि.क., शान्तिराम राई, सचिन क्षेत्री, सरुपा थापा मगरले अभिनय गरेका थिए ।
सुनसरीका विभिन्न नाट्यकर्मीसँगको सहकार्यमा नाट्य यात्रा २०७४ अन्तर्गत आरम्भ नाटय डवली भवन निर्माणार्थ धरानको सभागृहमा नाटक प्रदर्शन गरिएको डबलीका कोषाअध्यक्ष बिनादेवी तामाङले जानकारी दिइन् ।
डबलीले यसभन्दा अघि अधुरो क्यानभाष, अध्यारो सुरुङभित्र, हस्तान्तरण माईन लगायतका नाटकहरू मञ्चन गरिसकेको आरम्भ नाटय डबलीका सचिव तथा स्टेज परिकल्पना प्रवीण राईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + three =