चीनको ३ सय ३३ अर्बको लगानीमा झापामा औद्योगिक ग्राम

माघ ६, बिराटनगर । चिनियाँ लगानीमा झापामा बन्ने औद्योगिक पार्कको आवश्यक निर्माणको काम ६ महिना भित्रबाट सुरु हुने भएको छ ।
नेपाल सरकारले औद्योगिक पार्कको डिपिआरको प्रतिवेदन पास भएसँगै आगामी मे महिनाबाट पार्कको आवश्यक निर्माण थालिने भएको हो । नेपाल चीन फ्रेन्डशिप इन्डिष्ट्रिजका अध्यक्ष गोबिन्द थापाका अनुसार औद्योगिक ग्रामको लागि आवश्यक भौतिक संरचना निर्माणको काम अघि बढ्ने छ । जसका लागि ग्राम निर्माण स्थलसम्म पुग्ने सडक, पार्क भित्र भित्री सडक निर्माण, विजुली बत्ती, धारापानी निर्माण, खोला तटबन्धनको काम एकैसाथ सुरु हुनेछ । जसका लागि बिजु्लीको शवस्टेशन निर्माण गरिने छ ।
null
अध्यक्ष थापा का अनुसार आगामी मे महिनाबाट पार्कको निर्माणका लागि आवश्यक संरचना निर्माणमा जुट्ने योजना छ । त्यसका लागि आवश्यक बजेटको प्रबन्ध भई सकेको छ । थापाले चीनको लगानीमा निर्माण हुने पार्कमा उद्योगका लागि आवश्यक भवन समेत निर्माण हुनेछ । त्यसैगरी उद्योगको दर्तादेखि संचालनका लागि आवश्यक सम्पूर्ण काम पार्क भित्र वान डोर प्रणाली अनुसार हुनेछ । झापामा बन्ने औद्योगिक ग्राम सम्पूर्ण उद्योग व्यवस्थापन सहितको पहिलो औद्योगिक ग्राम बनाउने सरकारको योजना रहेको छ ।
औद्योगिक पार्कका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने काम भई रहेको छ । झापाको दमक नगरपालिका वडा नं. १० र कमल गाउँपाललिकामा चीनले ३ सय ३३ अर्बको लगानीमा चीन नेपाल यु.ई. इण्डष्ट्रियल पार्क निर्माण गरिदिने सम्झौता यस अघि नै भएको थियो ।








