सुरु भयो मुआब्जा बितरण, बन्ला त अपर कर्णाली ?

कार्तिक १३, काठमाडौं । बहुचर्चित माथिल्लोे कर्णाली जलविद्युत आयोजनाले.प्रभावित वासिन्दालाई मुआब्जा वितरण सुरु गरेको छ । निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जिएमआरले स्थानीयलाई मुआब्जा दिन सुरु गरेको हो । विभिन्न आशंका र विरोधकाबीच कम्पनिले मुआब्जा बितरण गर्न लागेको छ ।

कुल दुई अर्ब रुपैया मुआब्जा दिईने भएपनि पहिलो चरणमा ३५ करोड रुपैयाँ वितरण सुरु गरेको कम्पनिले जनाएको छ । मुआब्जा बापत कम्पनीको कुल दुई अर्ब रुपैयाँ खर्च हुने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

कम्पनीले जमिन, बाली नाली, भौतिक संरचना लगायत सबैथोकको अडिट गरेर मूल्य टुङ्ग्याएको अधिकारीले बताए । कम्पनीले मुआब्जा वितरण गर्न थालेपछि बोर्डले स्थानीयलाई रकम सदुपयोग बारे वित्तीय सचेतना कार्यक्रम समेत सञ्चालन गरेको छ । कम्पनीले आयोजना निर्माण गर्न सक्नेरनसक्ने संशयबीच मुआब्जा वितरण सुरु भएको छ । कम्पनीले आयोजनाको फाइनान्सियल क्लोजर गर्न भने बाँकी छ ।

भूकम्प, नाकाबन्दी जस्ता कारणले विलम्ब भएको भन्दै कम्पनीले समय माग गरेपछि बोर्डले एक बर्ष थप गरिदिएको थियो । गत सेप्टेम्बर १८ मा थपिएको समय पनि सकिएको छ । कम्पनीले फेरि थप एक बर्ष समय मागेको छ ।

९०० मेगावाट क्षमताको आयोजनाको जिएमआरले अहिलेसम्म विद्युत व्यापार सम्झौता (पिपिए) गर्न सकेको छैन । जिएमआरले हरियाणा सरकारसँग ३०० मेगावाट बिजुली बिक्रीको सहमति गरेको छ । तर, पिपिएको औपचारिक कागजात बिना आयोजनाका लागि बैंकले कर्जा प्रवाह गर्न मान्दैनन् । सोही कारण आयोजनाको फाइनान्सियल क्लोजर लम्बिएको हो । हरियाणा सरकार बाहेक बंगलादेशलाई ३०० देखि ५०० मेगावाट बिजुली बिक्री गर्ने कम्पनीको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 16 =