असार २० देखि काठमाडौँमा प्रेटोलको हड्ताल गरिने


असार, १० काठमाडौँ । बाग्मती अञ्चलभरि असार २० गतेबाट पेट्रोलको बिक्री वितरण रोक्ने पेट्रोलियम व्यवसायीले बताएका छन् । ‘सिंकेज एण्ड वर्किङ लस’ अत्याधिक भएको र त्यसको पूर्ति आयल निगमले नगरिदिएको भन्दै व्यवसायीले आन्दोलन घोषणा गरेका हुन् ।
आयल निगमलाई ‘टेक्निकल लस’बारे पटक पटक ध्यानाकर्षण गराउँदा पनि माग पूरा नभएको भन्दै वाग्मती पेट्रोलियम डिलर्स एशोसिशयनले असार २० गतेबाट पेट्रोलमा हड्तालको घोषणा गरेको हो ।
एशोशिएसनका अध्यक्ष अच्युतबहादुर खड्काले डिजेलको विक्री नरोकिने बताउँदै पेट्रोल भने २० गतेबाट बेच्न बन्द गरिने जानकारी दिए । २० गतेसम्म आफ्ना मागहरुको सुनुवाइ नभए काठमाडौँ उपत्यकासहित काभ्रेपलान्चोक, धादिङ, दोलखा, सिन्धुपाल्चोक, रामेछाप लगायतको जिल्लामा पेट्रोल बिक्री नगरिने एशोशिएसनको भनाई छ ।
‘पेट्रोल ढुवानी गरेर बेच्दासम्म हुने टेक्निकल लसहरुको सम्बोधन नहुँदा घाटा भएकाले पेट्रोल बेच्नै नसकिने भयो । हामी २० गतेसम्म सरकारलाई हाम्रो माग पुरा गर्न समय दिन्छौं । सरकारले हाम्रा माग सम्बोधन नगरे बिक्री वितरण बन्द गर्छौँ ।’ अध्यक्ष खड्काले भने ।
वाग्मती पेट्रोलियम डिलर्स एशोशिसयन, नापतौल तथा गुणस्तर विभाग, नेपाल आयल निगम लगायताको संघसंस्थाले यसअघि नै पेट्रोलियम कारोबार गर्दा तेल नपुगेको प्रमाणित गरेका थिए ।
सरकारी निकायहरूको रोहवरमा गरिएको परीक्षणमा प्रति ४ हजार लिटर पेट्रोल ल्याएर बेच्दाससम्म ९९ लिटर र डिजेल ल्याउँदा ४८ लिटरसम्म अपुग भेटिएको थियो । आयल निगमले यो लसको पेट्रोलमा ३५ लिटर क्षतिपूर्ति दिने गरेको छ । व्यवसायीले भने अब ९९ लिटर नै तेल निगमले क्षतिपूर्ति गर्नुपर्ने माग गरेका छन् ।
बागमती पेट्रोलियम डिलर्स एशोशिएसनको आन्दोलनमा पेट्रोलियम डिलर्स एशोशिसयनका अध्यक्ष लिलेन्द्र प्रधान, महासचिव विश्व अर्याल लगायतका केन्द्रीय पदाधिकारीहरुले समेत सहयोग र समर्थन रहने बताएका छन् ।
आयल निगमका प्रवक्ता सीताराम पोखरेलले डिपोमा तेल भर्दा एशोसिएसनकै रोहबरमा हुने गरेको बताए । पम्पमा ल्याएर खन्याउँदा पनि पुरा परिमाणकै तेल भएको प्रमाणित गर्दै अनलोड गरिने भएकाले थप क्षतिपूर्ति दिन सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 17 =