पेले दुई महिना लामो उपचारपछि अस्पतालबाट फिर्ता

काठमाडौं, पुस २२ । ब्राजिलका महान फुटवल खेलाडी पेले दुई महिना लामो उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन । पिसाब नलीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका पेलेको दुई महिनाअघि सफल प्रोस्टेट सर्जरी गरिएको छ ।

आठ महिनाअघि मृगौलाको पत्थरी निकालेसंगै मुत्रथैलीमा संक्रमण भएपछि पेले निरन्तर अस्वस्थ रहदै आएका थिए । ब्राजिलको स्थानीय सञ्चारमाध्यमका अनुसार ७४ बर्षीय पेले साओ पाउलोको अल्वर्ट आइन्स्टाइन अस्पतालमा दुई महिनामा लामो उपचारपछि घर फर्केका हुन । पेलेको मृगौला एउटामात्र छ ।

आफ्नो खेल जीवनको अन्त्यतिर उनले एउटा मृगौलामा समस्या आएपछि समस्याग्रस्त मृगौला निकालिएको थियो । आइन्स्टाईन अस्पतालले उनी पुनः अस्पताल आउनु पर्ने अवस्था तत्काल नरहेको जानकारी समेत दिएको छ ।

शताव्दीकै महान खेलाडीको दर्जा पाएका पेलेले आफ्नो खेलजीवन भर खेलेका १ हजार ३ सय ६३ खेलमा कीर्तिमानी १ हजार २ सय ८१ गोल गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − six =