प्रधानन्यायाधीश सिफारिस अन्यौलमा, देउवा नगएपछि संवैधानिक परिषद् बैठक स्थगित

 

मंसिर २६, काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता एवम् कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नभएपछि बुधबार बस्ने भनिएको संवैधानिक परिषद्को बैठक बस्दै नबसी स्थगित भएको छ। 

शेरबहादुर देउवा उपस्थित नभएपछि भावी प्रधानन्यायाधीशको सिफारिस गर्नका लागि आज डाकिएको बैठक स्थगित भएको हो । देउवाका कारण संवैधानिक परिषदले आज पनि प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न सकेन । 

null

यसअघि पनि प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण मंगलबारलाई डाकिएको बैठक स्थगित भएको थियो । 

प्रधानन्यायाधीश सिफारिस आजै गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार निवासमा बिहान परिषद बैठक बोलाएका थिए । तर, प्रमुख प्रतिपक्ष दलको नेता नै सहभागी नभएपछि बिहीबार बिहान ९ बजे बैठक बस्ने निर्णय गर्दै बैठक सकिएको स्रोतले बतायो । 

मंगलबार दुईपटक स्थगित भएको बैठक पुस ५ गते बस्ने भनिए पनि प्रधानमन्त्री ओलीले आजै टुंगो लगाउने भन्दै बिहान बोलाएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =