फ्यानले दिइन् प्रेमिकालाई मार्ने धम्की, वरुण पुगे प्रहरी कार्यालय
चैत २५, काठमाडौं । अभिनेता वरुण धवन र उनकी प्रेमिका नताशा दलालको विवाह हुने चर्चा चलिरहेका बेला वरुणकी महिला फ्यानले नताशालाई मार्ने धम्की दिएकी छिन् ।
वरुण धवन र नताशाबीचको निकटता चित्त नबुझेका कारण महिला फ्यानले ज्यान मार्ने धम्की दिइएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
null
धम्की दिने महिला फ्यान वरुण धवनको मुम्बईको जुहुस्थित घर अगाडि उनलाई भेट्न गएकी थिइन् । वरुणलाई भेट्न नपाएपछि फ्यानले उनकी प्रेमिका नताशाको ज्यान लिने धम्की दिएकी हुन् ।
वरुणको घरको सुरक्षा गार्डका अनुसार ती महिला अन्य फ्यान भन्दा बेग्लै थिइन् । अधिकांश फ्यानहरु फूलका गुच्छा, गिफ्ट वा म्यासेज छोडेर फर्कने गर्थे । तर ती महिलाले भने वरुणसँग भेट्ने जिद्दी गर्दै नतासालाई ज्यान मार्ने धम्की दिएकी सुरक्षा गार्डले बताएका छन् ।
वरुण धवनले ती महिला फ्यानले आफ्नी प्रेमिका नताशा दलालको ज्यान मार्ने धम्की दिएको थाहा पाएपछि तुरुन्तै प्रहरी कार्यालय गएर उजुरी दर्ता गराएका छन् ।