‘ए मेरो हजुर ४’ मा पनि अनमोल र सलोन सँगै

माघ ८, काठमाडौँ । निर्माण हुन लागेको चलचित्र  ‘ए मेरो हजुर ४’ मा पनि नायक अनमोल केसी र सलोन बस्नेतलाई एकसाथ देख्न पाईने भएको छ ।   

‘ए मेरो हजुर ३’ मा  अनमोलको साथीको भूमिका निर्वाह गरेका सलोनले  ‘ए मेरो हजुर ४’ मा पनि अनमोलकै साथीको भूमिका निर्वाह गर्न लागेका हुन् । पर्दामा मित्रताको भूमिकामा दर्शकले निकै रुचाईएको यी जोडीले ए मेरो हजुर ३ भन्दा अघी  ‘होस्टल, गाँजलु जस्ता चलचित्रमा पनि एकसाथ काम गरिसकेका छन्  ।   

सलोनले ‘ए मेरो हजुर’ को दोस्रो सिरिजमा सलिनमान बनियाँसँग र तेस्रो सिरिजमा अनमोलसँग सहकार्य गरेका थिए । भने फेरी उनी अनमोलको साथमा देखिदैछन् । ‘ए मेरो हजुर ४’ सम्म आइपुग्दा सलोनले हाट्रिक गरेका छन् । 

Image result for salon with anmol

झरना थापाको निर्देशनमा बन्न लागेयस चलचित्रको छायांकन भने फागुन १३ गतेबाट सुरु गरिने बताईएको छ । सलोनलाई निर्देशनक थापाले  ‘ए मेरो हजुर ४’ लागि अनुवन्धित गरेकी हुन् ।   

सुहाना फिल्म्सको ब्यानरमा बन्न लागेको  ‘ए मेरो हजुर ४’ मा नायिका  सुहाना थापा रहने छिन् । यस अघीको चलचित्र  ‘ए मेरो हजुर ३’ मा पनि नायिका सुहाना नै रहेकी  थिईन् । 

चलचित्रलाई आगामी दशैंमा प्रदर्शनमा ल्याउने तयारी रहेको छ भने अहिले चलचित्रको  स्क्रिप्टको काम भइरहेको बताईएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + five =