‘ए मेरो हजुर ४’ मा पनि अनमोल र सलोन सँगै

माघ ८, काठमाडौँ । निर्माण हुन लागेको चलचित्र ‘ए मेरो हजुर ४’ मा पनि नायक अनमोल केसी र सलोन बस्नेतलाई एकसाथ देख्न पाईने भएको छ ।
‘ए मेरो हजुर ३’ मा अनमोलको साथीको भूमिका निर्वाह गरेका सलोनले ‘ए मेरो हजुर ४’ मा पनि अनमोलकै साथीको भूमिका निर्वाह गर्न लागेका हुन् । पर्दामा मित्रताको भूमिकामा दर्शकले निकै रुचाईएको यी जोडीले ए मेरो हजुर ३ भन्दा अघी ‘होस्टल, गाँजलु जस्ता चलचित्रमा पनि एकसाथ काम गरिसकेका छन् ।
सलोनले ‘ए मेरो हजुर’ को दोस्रो सिरिजमा सलिनमान बनियाँसँग र तेस्रो सिरिजमा अनमोलसँग सहकार्य गरेका थिए । भने फेरी उनी अनमोलको साथमा देखिदैछन् । ‘ए मेरो हजुर ४’ सम्म आइपुग्दा सलोनले हाट्रिक गरेका छन् ।

झरना थापाको निर्देशनमा बन्न लागेयस चलचित्रको छायांकन भने फागुन १३ गतेबाट सुरु गरिने बताईएको छ । सलोनलाई निर्देशनक थापाले ‘ए मेरो हजुर ४’ लागि अनुवन्धित गरेकी हुन् ।
सुहाना फिल्म्सको ब्यानरमा बन्न लागेको ‘ए मेरो हजुर ४’ मा नायिका सुहाना थापा रहने छिन् । यस अघीको चलचित्र ‘ए मेरो हजुर ३’ मा पनि नायिका सुहाना नै रहेकी थिईन् ।
चलचित्रलाई आगामी दशैंमा प्रदर्शनमा ल्याउने तयारी रहेको छ भने अहिले चलचित्रको स्क्रिप्टको काम भइरहेको बताईएको छ ।








