एमाले–माओवादी पार्टी एकता टर्यो, भयो यस्तो सहमति

काठमाडौं, माघ १५ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच तत्कालका लागि पार्टी एकता टरेको छ । पदीय बाँडफाँडमा दुवै पार्टीका नेताहरुवीच एकमत नभएपछि तत्काललाई पार्टी एकता टरेको माओवादी स्रोतले बताएको छ ।

‘हाम्रो अध्यक्षलाई एकीकृत पार्टीको अध्यक्ष नदिने देखियो, यो भएसँगै तत्काललाई पार्टी एकता हुँदैन्’ एक माओवादी नेताले भने,‘उहाँहरुले अध्यक्ष नदिने भएपछि हामी पनि एकताकोलागि किन लम्पसार पर्ने त?’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसअघि सरकार गठन अघि नै पार्टी एकता हुन्छ भनेर अभिव्यक्ति दिएका थिए । तर, उनको उक्त चाहना अब पूरा नहुने देखिएको छ । हिजो ललितपुरको कुमारीपाटीको एक घरमा भएको चार घण्टे लामो ओली–प्रचण्ड भेटवार्तामा पनि तत्काललाई पार्टी एकताको विषयलाई थाँती राख्नेबारे गोप्य सहमति भएको स्रोतको दाबी छ । सोही अनुसार तत्काल उनीहरुले सरकार गठनमा भागबण्डा मिलाउन गृहकार्य सुरु गरेका छन् ।

अन्य महत्वपूर्ण पदमा समेत भागबण्डा मिलाउने कसरत भएको हो । स्रोतका अनुसार राष्ट्रपति अब माओवादीबाट बन्ने निश्चित भएको छ । र, उपराष्ट्रपति एमालेले राख्ने भएको छ । त्यस्तै सभामुख पनि माओवादीले नै राख्ने अडान लिएको छ । यसको लागि एमाले नेताहरु पूर्ण रुपमा तयार भैसकेको बुझिएको छ ।

यसअघि एमाले र नेकपा माओवादी केन्द्रभित्र वर्तमान राष्ट्रपति, उपराष्ट्रपति र सभामुख दाहोर्याउने गृहकार्य शुरु भएको खबर आएको थियो । नयाँ सरकार गठनसँगै पद बाँडफाँडको विषयमा एमाले र माओवादीभित्र गृहकार्य शुरु भएसँगै यस्ता कुरा बाहिर आएका थिए । तर, अहिले आएर पार्टी एकता टरेसँगै अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पूनः दोहोर्याउने सम्भावना कम भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 7 =