आज मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी

काठमाडौं, साउन १० । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ । हिजो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएपनि कांग्रेसको केन्द्रीय समिति बैठकका कारण आज मात्रै गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रले मन्त्रिपरिषद्मा जानेको नाम टुंगो लगाए पनि कांग्रेसमा आज टुङगो लगाउनेछ । कांग्रेसभित्रै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ५, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर खड्का पक्षबाट एक÷एक जना भागबन्डाका आधारमा मन्त्री बनाउने देउवाको तयारी छ । आज कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिकबाट मन्त्री बनाइने छ ।

स्रोतका अनुसार १८ जना मन्त्री आजै थपेर विस्तार गर्ने गरी गृहकार्य भइरहेको छ । मन्त्रीको नाम तय गर्न बिहान नेपाली कांग्रेसको बैठक बस्दैछ । माओवादीले मन्त्रीको नाम टुंग्याए पनि सार्वजनिक गरेको छैन । स्रोतका अनुसार माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, आशा खनाल, टेकबहादुर बस्नेत, सीता नेपालीलगायतको नाम समावेश भएको चर्चा छ ।

फोरम लोकतान्त्रिकले भने यसअघि नै मन्त्री भएका जितेन्द्र देव र गोपाल दहितलाई पठाउने भएको छ । कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६ र लोकतान्त्रिक फोरमबाट २ समेत गरी १८ मन्त्री थप गर्ने तयारी प्रधानमन्त्री देउवाले गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =