राजनीति गर्ने प्रत्येक व्यक्तिको आफ्नै छुट्टै व्यवसाय हुनैपर्ने
२०७४ जेठ १५ गते

असार २, लोकेन्द्र थापा । नेपाली कांग्रेस बाँकेका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयरका उम्मेदवार डा. सुरेश कुमार कानोडियाले राजनीति व्यवसाय नभई विशुद्ध जनताको सेवा भएको बताएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–५ पिप्रहवामा चुनावी सभालाइ सम्बोधन गर्दै डा. कानोडियाले राजनीति गर्ने प्रत्येक व्यक्तिको आफ्नै छुट्टै व्यवसाय हुनैपर्ने बताउनु भयो । अन्यथा, उसले राजनीतिलाई नै व्यवसाय बनाउने र विकृती निम्त्याउने धारणा राख्नुभयो । राजनीतिलाई व्यवसाय बनाउनेहरुका कारण देशमा भष्ट्राचार बढेको उनको भनाई रहेको थियो ।
कुनै पनि पेशा व्यवसाय नगर्ने र राजनीतिलाई नै पेशा बनाउने अनि चुनाव जितेपछि आफ्नै झोला भर्न उद्दत हुने परिपाटीकै कारण जनतामाझ नेताहरुको विश्वास घटेको छ कानोडियाको भनाइ छ । त्यस्तै, उपमेयर पदकी उम्मेदवार उमा थापा मगरले नेपालगन्ज नगरको विकासका लागि यहाँ रहने सबै जाती समुदायको एकता आवश्यक रहेको बताईन् ।
लामो समय पत्रकारीता गर्दा नगरका प्रत्येक टोलटोल र गल्ली गल्लीको समस्याबाट आफू जानकार रहेको बताउँदै मेयरकी उम्मेदवार थापा मगरले समाधानका लागि आफूसँग उपयुक्त योजना रहेको प्रष्ट पारिन् । कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्षका उम्मेदवार अकबर अलि दर्जी लगायत सदस्यका उम्मेदवारहरुले वडाको विकासका लागि आफूहरुलाई मात्र जिताएर पर्याप्त नहुने भन्दै मेयर र उपमेयरका कांग्रेस उम्मेदवारहरुलाई पनि जिताउन मतदाताहरुसँग आग्रह गरेका थिए ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








