दलालको फन्दामा परेर अशक्त बनेकी शान्तालाई सहयोग गरौँ !

सुनसरी, पुष २१ । तपाईको सानो सहयोगले शान्ता राईको जीवनमा नयाँ मुहार छाउन सक्छ । करिब २ बर्ष अगाडी वैदेशीक रोजगारीको क्रममा दलालको फन्दामा परी ईराक पुगेकी एक महिलाले आफुलाई सहयोगको अपील गरेकी छिन्।

 

भोजपुर गोगने गाबिस वार्ड न ७ की शान्ता राई आफु राजगारीकै क्रममा घरमालिकको कुटपिटबाट गम्भीर घाईते भई उपचाररत हाल सुनसरीको धरानमा उपचारको क्रममा रहेकोले आफुलाई सहयोगको अपिल गरेकी छिन् । कुटपिटबाट राईको दुई वटै खुट्टामा गहिरो चोट लागेको र हिडडुल गर्न समेत नसक्ने भएकाले आफुलाई सहयोगको लागि आग्रह गरेका छिन् ।

राईलाई उपचारका लागि करिब ३ लाख खर्च लाग्ने भएकाले सहयोग गरिदिन उनले आग्रह गरेकी हुन् । वि.पि.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा लाख खर्च भैसकेपनि उनको उपचार धरानमा सम्भव नभएको र डाक्टरले समेत काठमाडौको टिचिङ हस्पीटल जान सल्लाह दिएको शुक्रबार सुनसरीको धरानमा पत्रकार सम्मेलनमा राईले बताएका छन् ।

उनले पैसाको अभाव भएपछि अहिले आफनाी बहिनी ममता राईकै धरान स्थित डेरा घरमै उपचारको अभावमा छटपटाईरहेको बताएका छन् । यससँगै उनले सहयोग गर्न चाहने ईच्छुक समुह, संस्था, वा ब्यक्तिलाई शान्त राईको नाममा रहेको नबिल वैङ्कको खाता नम्वर १६१००१७५१०८५६ उपलब्ध गराएकी छिन् । उनले आफनी बहिनी ममता राईको मोवाईन नं ९८६७५७३४८२ मा सम्पर्क गर्न सकिने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =