पोखराबाट बिरगञ्ज जादै गरेको बस तनहुँमा दुर्घटना, ८ जना यात्रु घाईते

पोखरा, कात्तिक २२ । पोखराबाट विरगञ्जका लागि छुटेको बस तनहुँको म्याग्दे गाउँपालीकाको छविसेमा दुर्घटना भएको छ । पोखराबाट विरगंन्जतर्फ जादै गरेको ना ७ ख २५७२ नम्बरको बस अनियन्त्रीत भई सडक किनाराबाट तल खसेको प्रदेश नम्बर ४ प्रहरी कार्यालय पोखराले जानाएको छ ।

बसमा सवार ८ जना यात्रु घाईते भएका छन् । घाइतेहरुलाई तत्कालै उद्धवारगरी बेलचौतारा स्थित जिपी मेमोरियल अस्पताल पु¥याइएकोमा सामान्य अवस्थाका घाईतेको त्यही उपचार भईरहेको छ भने गम्भिर चोटलाईको आशंका गरिएका केहीलाई थपउपचारकोलागि पोखरा पठाएको प्रहरीले जनाएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा बिरगंन्ज महानगरपालीका बस्ने वर्ष ४७ की कल्पना गिरी, ४२ वर्षकी नविता कोईराला, भारत बिहार बस्ने बर्ष ४७ को खेद चोदान र २४ बर्षिय मुन्ना ठाकुर उपचार भईरहेको जानकारी प्रहरीले दिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =