बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पुरा, भोलि उद्घाटन हुदै

माघ १९, धरान,सुनसरी । धरान फुटबल क्लबद्धारा सुनसरीको धरानमा आयोजना हुने बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

माघ २० गते देखि २७ गतेसम्म धरान १६ प्रस्तावित रङ्गशालामा भव्यरुपमा सम्पन्न गर्न व्यवस्थापकीय तयारी र प्रचारप्रसार तीव्र पारि सम्पूर्ण तयारी पुरा भएको शुक्रवार आयोजक क्लबले र्रगशालामै पत्रकार सम्मेलन गरी जनाएको छ ।

आयोजक क्लबका अध्यक्ष समेत रहेका एन्फा उपाध्यक्ष किशोर राईले प्रतियोगिताका लागि खेल मैदानलाई थप मर्मत सम्भार र दर्शक बस्ने बासका प्याराफिट समेत निर्माण सम्पन्न भइसकेको बताए ।


‘२० बुढासुब्बा रेडबुल गोल्डकपको आयोजना १ नं प्रदेशको राजधानी धरानलाई बनाउने चाहनाका नारासहित सुरु हुने प्रतियोगितालाई यस पटक दैनिक १० औ हजार दर्शाकले आरामसाथ बसेर हेर्नका लागि बासका प्यारापिट समेत निर्माण गरिएको बताए । उनका अनुसार त्यसबाहेक रङ्गशालामा ३ हजारभन्दा बढीले रङ्गशालाकै प्याफिटमा बसेर हेर्न सक्ने छन्


प्रतियोगितामा आयोजक धरान फुटबल क्लब, थ्रीस्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस क्लब, सुदुरपश्चिम खप्तड टिम , झापा–११, संकटा क्लब काठमाडौँ र दुर्गापुर स्ट्रील एफ सी कलकता क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

उपाधि विजेताले ६ लाख र उपविजेताले ३ लाख नगद प्राप्त गर्ने छन् भने उत्कृष्ट विधामा २५/२५ हजारको पुरस्कार प्राप्त गर्नै आयोजक धरान फुटबल क्लबले जनाएको छ ।

भोलि शनिवारको पहिलो उद्घाटन खेल मनाङ मस्र्याङ्दी विरुद्ध संकटा क्लब काठमाडौँ बीच हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fourteen =