‘नमस्ते लण्डन’ काे सिक्वेल अाउँदै (हेर्नुहाेस ट्रेलर)
२०७४ जेठ १५ गते

“
काठमाडाैं, भाद्र २२ ।अर्जुन कपुर र परिणिती चोपडा अभिनित सिनेमा ‘नमस्ते इंग्ल्याण्ड’को ट्रेलर सार्वजनिक भएको छ । अर्जुन कपुर र परिणिती चोपडा दुबै बलिउडमा ‘इश्कजादें’बाट एकसाथ बलिउड प्रवेश गरेका थिए। तत:पश्चात उनीहरू पहिलोपटक एकसाथ पर्दामा जोडी बनेर आउन थालेका हुन्।
अर्जुन कपुरले धेरै फिल्ममा सफलता प्राप्त गरेपनि परिणितीले भने सफलता प्राप्त गर्न सकेकी छैनन् । फिल्म दशैंमा रिलिज हुनेछ। विपुल अमृतलाल शाह निर्देशित फिल्म अक्षय कुमार र कैटरीना कैफ अभिनित ‘नमस्ते लण्डन’को सिक्वेल हो । ‘नमस्ते लण्डन’ सफल भएकाे फिल्म हाे ।
https://youtu.be/V4tcaoNlcRo”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








