फोहर व्यवस्थापनका लागि भरतपुर महानगरले ‘एसएलसी ग्रुप’सँग सहकार्य गर्ने

भरतपुर, माघ २० । भरतपुर महानगरपालिका कोरियाको फोहरमैला व्यवस्थापन ग्रुप (एसएलसी) सँग  सहकार्य गर्न सकारात्मक देखिएको छ । एसएलसी ग्रुपले सुरुवाती चरणमा काठमाडौ महानगरपलिका र भरतपुर महानगरमा कार्यक्रम संचालन गर्न लागेको डिपुटी जर्नल म्यानेजर हि डोङ नोनले जानकारी दिए । फोहरमैला व्यवस्थापन गरी राम्रो देश, सफा शहर निर्माण गर्दै आर्थिक, वातावरण र सामाजिक विकास गर्ने लक्ष्यका साथ कार्यक्रमलाई अगाडी बढाइने भएकाले विकासित देशमा यसको प्रभावकारिता बढी रहेको होङ बताए ।

एसएलसी गु्रपले एक कार्यक्रमका बिच कोरियामा यस प्रविधिले ल्याएको परिर्वतनको बारेमा सहजीकरण गरेको थियो । कोरियामा फोहर व्यवस्थापन गर्दै ५० मेगावाट विद्युत उत्पादन, ग्याँस तथा ग्रिन सिटि निर्माण गरिएको छ । सन् १९८० को दशकसम्म कोरियामा पनि फोहरको व्यवस्थापन गरिएको थिएन । फोहर व्यवस्थापनमा अगाडी बढेसगै कोरिया वातावरण, सामाजिक तथा आर्थिक उन्नती गर्न सफल भएको छ ।

महानगरमा निस्किने फोहरलाई ल्याण्डफिल्डबाट विद्युत, ग्यास, कार्बनअक्साईड उत्पादन गरी विक्री वितरण मार्फत आर्थिक लाभ लिन सकिने छ । भरतपुर महानगरबाट निस्किने फोहरमा घरभित्रबाट ५० प्रतिशत, अस्पतालबाट १५ प्रतिशत र व्यासायिक स्थलबाट ३४ प्रतिशत रहेको छ ।

फोहर संकलनबाट उपलब्ध आर्थिकबाट स्थानीयको लागि खेलमैदान, अपार्टमेन्ट, पार्क निमाण गर्ने गरि परियोजना संचालन गरिने छ । परियोजना अनुसार ल्याण्डफिल्ड साईड फोहरले भरिएपछि सोही स्थानमा फूलको बगौचा पार्क बनाइने छ । पार्कमा वार्षिक ३ देखि ४ पटकसम्म फुल महोत्सव आयोजना गरेर पनि आर्थिक लाभ लिन सकिने जनाइएको छ । १४ महिनाको अध्ययन पश्चात स्थान विषेश कार्यक्रम संचालन हुने म्यानेजर नोनले बताए । कोरियाली संस्था एसएलसी गु्रपले हाल श्रीलङका, भेतनाममा यस कार्यक्रम संचालन गरिरहेको छ । यस परियोजना महानगरमा संचालन भए फोहर बाफत महानगरपालिकालाई दिने सेवा शुल्क दिन नपर्ने बताइएको छ । सोही अवसरमा भरतपुर महानगरले अहिलेसम्म फोहर मैला कसरी व्यवस्थापन गरी राखेको छ भन्ने विषयमा गु्रपलाई जानकारी गराएको छ । परियोजना अनुसार कार्यक्रम संचालन भए सन् २०१९ मार्च देखि कार्यक्रम शुरु हुने बताईएको छ ।

कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई स्मार्ट सिटि निर्माणमा महानगरभित्रको फोहर व्यवस्थापन महत्वपुर्ण पक्ष रहेको बताइन् । महानगरलाई स्मार्ट सिटिको रुपमा स्थापित गर्न महानगरको फोहरमैला व्यवस्थापनलाई प्रथामिकतामा राखेर गु्रपसँग सहकार्य गर्न इच्छुक रहेको दाहालले जानकारी दिईन् ।

कार्यक्रममा चितवन क्षेत्र नं का प्रतिनिधीसभा सदस्य कृष्णभक्त पोखरेल, काठमाडौ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, भरपुर महानगरकी उपप्रमुख पार्वती शाह, भरतपुर वडा नं १० का अध्यक्ष अरुणपीडित भण्डारीलगायत वडा प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − four =