अजयका अगाडी पछारिए अामिर

एजेन्सी । एक पछि अर्काे गर्दै सफलताकाे शिखरमा पुगेका अामिर खानलार्इ ठूलाे धक्का लागेकाे छ । हालै रिलिज भएकाे उनकाे फिल्म ‘सिक्रेट सुपरस्टार’ लाई आफ्नो लगानी उठाउन हम्मे हम्मे परेको हाे ।

गत हप्ता रिलिज भएको चलचित्रले अहिलेसम्म ३७ करोड कमाएको छ । दर्शकको नजरमा ‘सिक्रेट सुपरस्टार’ सुपरहिट भए पनि बक्स अफिसको रेकर्ड हेर्ने हो भने ‘गोलमाल अगेन’का अघि यो फिल्म टिक्न मुस्किल परेको देखिन्छ ।

अजय देवगन फिल्म ‘गोलमाल अगेन’ ले अहिले दैनिक १० करोड माथिको व्यापार गरिरहँदा अमिरको फिल्मले भने मुस्किलले २ करोड कमाइरहेको छ । फिल्मले अहिलेसम्म ३७ करोड कमाएको छ भने, ‘गोलमाल अगेन’ले ११६ करोड कमाइसकेकाे छ । ‘सिक्रेट सुपरस्टार’ ५० करोडको लगानीमा बनाइएको हो । यो फिल्मलाई लगानी उठाउनै हम्मेहम्मे परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =